२ मंसिर, काठमाण्डौ ।
रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान एएन–१२ दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु ।
उडिरहेको अवस्थामा विमान एक्कासि जमिनमा खसेर आगलागी भएको रुसी सञ्चारमाध्यमको भनाइ ।

रुसी सञ्चारमाध्यम इजवेस्टियाका अनुसार विमान दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो।
रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दुर्घटनाको प्रारम्भिक अध्ययनले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको देखाएको सरकारी समाचार संस्था आरआईएमा उल्लेख ।
रक्षा मन्त्रालयका अनुसार विमान मानिसको बसोबास नभएको क्षेत्रमा खसेको थियो।
विमानमा सवार सबै १९ जनाको मृत्यु भएपछि रुसी सेनाले घटनाबारे थप अनुसन्धान गरिरहेको यद्यपि प्राविधिक गडबडीबाहेक अन्य सम्भावित कारणबारे आधिकारिक पुष्टि हुन बाँकी ।



