प्रधानमन्त्री बालेनको भारत भ्रमण तालिका सार्वजनिक, कुमार बेनसँगै

४ मंसिर २०८३, शुक्रबार
Share this
777shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यही नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्ने घोषणा गरेको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले गर्ने भारत भ्रमण तालिका सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह नोभेम्बर २२ तारिख (मंसिर ६ गते) नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

उनका साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी रहनेछन्। परराष्ट्र सचिव अमृत राईका अनुसार भारत भ्रमण टोलीमा ३४ जना हुनेछन्।

Advertisement

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन्। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्।

यस्तै भारतका विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्नेछन्। भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन नोभेम्बर २३ मा काठमाडौँ फर्कनेछन्। प्रधानमन्त्री साह आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका छन् । यो भ्रमण दुई देशका जनताका लागि अधिकतम पारस्परिक लाभ हुनेगरी, भविष्यमुखी दृष्टिकोणका साथ व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्ने एक महत्त्वपूर्ण अवसर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव राइका अनुसार निजी क्षेत्रबाट पनि ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ । नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत सम्बन्ध, सांस्कृतिक निकटता तथा जनस्तरको गहिरो सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने र पारस्परिक लाभका क्षेत्रमा साझेदारी अघि बढाउने अवसरका रूपमा भ्रमणलाई लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, विशेषगरी दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई प्राथमिकतामा राखिएको छ । पछिल्लो पटक सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच यसबारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको भ्रमण तालिका, कार्यसूची र समझदारीका विषयबारे छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीकै लागि भारतीय विदेश सचिव विक्रम मिश्री दुई साताअघि नेपालको दुई दिने भ्रमणका लागि काठमाडौँ आएका थिए ।

उनी आउनुभन्दा दुई दिनअघि मात्रै नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका थिए । दुवै देशबीच प्रधानमन्त्री बालेनको भ्रमणका बारेमा चर्चा चले पनि मिश्री आएपछि मात्रै भ्रमण निश्चित भएको हो । उनले प्रधानमन्त्री बालेनसँग पनि भेटवार्ता गरेका थिए भने उनकै भ्रमणका क्रममा मुख्य एजेण्डा तय गरिएको थियो ।

भारत विकास र विश्व अर्थतन्त्रमा फड्को मारिरहेको मुलुक हो । स्वाभाविक रुपमा नेपालका प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा भारतले नेपाललाई सहयोगको घोषणा गर्ने गर्छ । यो अभ्यास र परम्परा जस्तै बनिसकेको छ । तर, यसपालि बालेनको भ्रमण त्यो अभ्यास र परम्परामा मात्रै सीमित नहुने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि अल्झेर बसेका गाँठो यही भ्रमणमा फुकाउने तयारी दुवै देशबाट गरिएको छ । भारतले विगत लामो समयदेखि हवाई प्रवेशमार्ग उपलब्ध नगराउँदा विशेषगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सन्चालनमा नआउँदा विमानस्थलसँगै भैरहवादेखि बुटवलसम्म र आसपासका क्षेत्रमा गरिएका लगानी निरर्थक सावित भएको छ । तर, यसपालि बालेनको भ्रमणमा भारतले भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने तयारी छ ।

यही विषयमा परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले नयाँ दिल्ली पुगेर भारतीय पक्षसँग छलफल गरिसकेका छन् । छलफलका क्रममा अपेक्षित प्रगति भएको सरकारी स्रोतको दाबी छ। नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ ।

भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै थप हवाईमार्ग उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । तर, पछिल्लो समय भैरहवा र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन तयार देखिएको दिल्ली पुगेर फर्केका नेपाली अधिकारीहरूको दाबी छ ।

यही विषयमा छलफल गर्नकै लागि शुक्रबार पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल नयाँदिल्ली गएका थिए ।

सरकारी अधिकारीहरुको दाबी छ– हवाई रुटमा ब्रेक थ्रु हुने छ । विगत तेह्र वर्षदेखि यही विषयमा नेपालले भारतसँग छलफल र वार्ता गरिरह्यो । यसअघिका सबैजसो प्रधानमन्त्रीले हवाई रुट मागिरहे । मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषयमा छलफल भयो । तर, भारतले मानेकै थिएन ।

अहिले आएर बल्ल भारत सकारात्मक देखिएको दिल्ली पुगेर फर्केका अधिकारीहरुको दाबी छ । भारतले रक्सौलमा नयाँ विमानस्थल निर्माण गरिरहेको छ र त्यो विमानस्थल सञ्चालन गर्न नेपालको हवाई क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । पश्चिम बंगालस्थित बागडोग्राका लागि पनि भारतले नेपाली हवाई क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ ।

भारतलाई नेपाली हवाई क्षेत्रको आवश्यकता परेपछि अहिले उसले पनि नेपाललाई आफ्नो हवाई क्षेत्र दिन राजी भएको हो । नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन पनि आग्रह गर्दै आएको छ ।

नेपालको यो आग्रहलाई भारतले स्वीकार गरिसकेको र बालेनको भ्रमणका क्रममा सहयोग घोषणा गर्ने तयारी छ । नेपाल र भारतका तीन सहरबीच सिधा हवाई सम्पर्क, सीमापार पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण र विस्तार तथा धार्मिक र पर्यटकीय सर्किट विकासका विषयमा छलफल हुने छ ।

भारतले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउन चाहेको छ । भारतको सरकारी कम्पनी एनएचपीसीले नै नेपालका केही परियोजनामा लगानी गर्न चाहेको संकेत गरेको छ । भारतीय कम्पनीले यसअघि नै ठेक्का लिएका आयोजना र नयाँ आयोजनाबारे पनि छलफल हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

योसँगै विद्युत व्यापार, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्नेलगायत विषयमा पनि छलफल हुने अधिकारीहरुले बताएका छन् ।

बालेनको भ्रमणका क्रममा अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) को दुवै देशका प्रधानमन्त्री संयुक्त रुपमा भर्चुअल उद्घाटन गर्ने कार्यसूची तय भएको छ ।

भ्रमणकै क्रममा प्रधानमन्त्री बालेनले मंसिर ७ गते बिहान नयाँ दिल्लीमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ ।

तुलनात्मक रुपमा, प्रधानमन्त्री बालेनको भारत भ्रमण छोटो हुँदैछ । प्रधानमन्त्री बालेन नयाँ दिल्लीभन्दा बाहिर जाने छैनन् । दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नभई आइतबार (नोभेम्बर २३) नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top