प्रधानमन्त्री बालेनको भारत भ्रमणको औपचारिक घोषणा

४ मंसिर २०८३, शुक्रबार
Share this
721shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणको औपचारिक तालिका सार्वजनिक ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही नोभेम्बर २२ र २३ अर्थात् मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने ।

Advertisement

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तालिका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने ।

भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुने ।

परराष्ट्र सचिव अमृत राईका अनुसार सरकारी भ्रमण टोलीमा ३४ जना रहनेछन्।

भारतस्थित नेपाली दूतावासका केही सदस्य पनि टोलीमा थपिने ।

यसैगरी निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भारत जाने ।

पत्रकारहरूले पनि निजी खर्चमा भ्रमण टोलीसँगै जान सक्ने मन्त्रालयको भनाइ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम ।

मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्ने ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने ।

दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते काठमाडौं फर्कने

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top