४ मंसिर , काठमाण्डौ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीका विषयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग छलफल सुरु गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने बाहिरिए ।
शीर्ष नेता बराबरको नेता बैठकमा रहेको भन्दै ओली आयोगबाट बाहिरिएका हुन् ।

एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा प्रवक्ता जगदीश खरेल पनि सहभागी छन् ।
आयोगले स्थानीय तहको निर्वाचनका विषयमा दलहरुको धारणा माग्नेछ ।



