४ मंसिर , काठमाण्डौ।
आगलागीबाट जलेर नष्ट भएको सूर्यमती माध्यमिक विद्यालय ढाडफेदी, नुवाकोटको प्रशासनिक कक्षका लागि मेरोमाइक्रोफाइनान्सले फर्निचर सहयोग गरेको छ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब एक लाख रुपैयाँ बराबरको फर्निचर सहयोग गरेको हो ।

बेलकोटगढी नगरपालिका–१३ स्थित उक्त विद्यालयलाई संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत कुर्सी, दराज उपलब्ध गराएको हो ।
राति अज्ञात समूहले लगाएको आगोले प्रशासनिक कक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्यालयलाई दैनिक कामकाजमै कठिनाइ परेको थियो ।

“अत्यावश्यक फर्निचर र सामग्रीको अभावमा कार्यालय सञ्चालन गर्न निकै गाह्रो भएको थियो,“ अब सहज हुनेछ प्रधानाध्यापक राजाराम पाण्डेले बताए ।
प्राप्त सहयोगले प्रशासनिक काम पुनः लयमा फर्काउन ठूलो टेवा पुगेको विद्यालय प्रशासनले जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग निरन्तर गर्न संस्था तयार रहेको बताएका छन् ।



