एनपीएलको आज उपाधि महाभिड्न्त, सुदूर कि लुम्बिनी ? टिकट सोल्ड आउट

५ मंसिर २०८३, शनिबार
Share this
706shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

यो रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको भिडन्तका रूपमा हेरिएको यो महाभिड्न्तको टिकट भने हिजो खुलाएको केही मिनेटमै सोल्ड आउट भएको छ ।  एकै पटक २ लाख जनाले टिकट खरिदको प्रयास गरेको क्यानले जनाएको छ । सिटको सिमितता र असुविधाका लागि क्यानले माफी समेत मागेको छ ।

Advertisement

दुवै टिमका कप्तानले उपाधि उचाल्ने दाबी गरेका छन् । सुदूरपश्चिम लगातार तेस्रो सिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भेट पक्का गरेको हो ।

उता लुम्बिनी भने मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै सिधै फाइनलमा पुगेको हो । सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा मैदान उत्रँदैछ । यसअघि टोली पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

शनिबारको खेल सुदूरपश्चिमका लागि गत सिजनको फाइनल र यसै सिजनको पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिने अवसरसमेत हुनेछ । अर्कोतर्फ, लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहनेछ । दोस्रो क्वालिफायरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले थारिन्दु रथ्नायकेको अविजित ५३ रनको मद्दतमा १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

अन्तिम दुई बलमा जितका लागि २ रन आवश्यक रहँदा रथ्नायकेले विजयी चौका प्रहार गरेका थिए । त्यसअघि इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

एनपीएलका तीनवटै सिजनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पौडेल र पूर्वउपकप्तान एवम् अहिलेका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरीले आ–आफ्नो फ्रेन्चाइज टोलीको नेतृत्व गर्दै उत्कृष्ट अलराउन्ड प्रदर्शनको छाप छोडेका छन् । लुम्बिनी लायन्सका मार्की तथा कप्तान रोहित र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र दुवैले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा निर्णायक भूमिका निर्वाह गरेका छन् ।

पहिलो सिजनमा लुम्बिनी लिग चरणबाटै बाहिरिए पनि रोहितले व्यक्तिगत रूपमा सानदार ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा अग्रस्थान ओगटेका थिए । दोस्रो सिजनमा भने रोहितले आफ्नो अलराउन्ड क्षमतालाई निखार्दै ब्याटिङसँगै स्पिन बलिङमा समेत महत्त्वपूर्ण विकेट लिएर लुम्बिनीलाई उपाधि दिलाउन कप्तानी इनिङ्स खेले ।

जारी तेस्रो सिजनमा पनि रोहितको लय निरन्तर छ । मध्यक्रममा टोलीको इनिङ्स सम्हाल्नुका साथै दबाबको क्षणमा बलिङ र चुस्त फिल्डिङमार्फत उनले लुम्बिनीलाई लगातार दोस्रो पटक फाइनलमा पु¥याएका छन् । उता, सुदूरपश्चिम रोयल्सलाई लगातार तीन सिजन फाइनल पु¥याउन कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन मेरुदण्ड बनेको छ ।

पहिलो सिजनमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका दीपेन्द्रले आक्रामक ब्याटिङ, किफायती स्पिन बलिङ र अद्भुत फिल्डिङको नमुना पेस गरेका थिए । कप्तान रोहितले आजको फाइनलका लागि तयार रहेको बताएका छन् ।

‘हामीमा अहिले कुनैपनि अवस्थाबाट जित्न सक्छौं भन्ने कन्फिडेन्स आएको छ । राम्रो क्रिकेट खेल्नुपर्छ । बेस्ट गेम खेल्यौं भने जित्न सक्छौं’ रोहितले हिजो भनेका छन् । यस्तै सुदूरका कप्तान दीपेन्द्रले पनि फाइनलका लागि तयार रहेको बताए । ‘ रेडी छौं, पछिल्ला खेलहरू नै हाम्रो लागि तयारीजस्तै हो’ उनले छोटकरीमा भनेका छन् ।

लुम्बिनीले प्रतियोगिताको सुरुवातदेखि नै निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ। पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको लुम्बिनीको दोस्रो खेल चितवनसँग वर्षाका कारण रद्द भएको थियो। त्यसपछि पोखरा र जनकपुरलाई हराएको लुम्बिनी पाँचौं खेलमा काठमाडौँसँग पराजित भयो।

तर, त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रह्यो। पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित ग¥यो। यससँगै टोलीले सिधै फाइनलमा स्थान बनायो। प्रतियोगिताभर स्थिर प्रदर्शन गरेको लुम्बिनीले फाइनलसम्म आइपुग्दा आफ्नो लय कायम राखेको छ।

सुदूरपश्चिमको यात्रा भने केही उतारचढावपूर्ण रह्यो। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि टोलीले पोखरालाई हराउँदै पुनरागमन ग¥यो। तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि त्यसपछि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल ग¥यो।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो। त्यहाँ चितवनलाई हराउँदै टोलीले फाइनलमा स्थान सुरक्षित ग¥यो। यसरी सुदूरपश्चिमले लगातार दुई खेल जित्दै लगातार तेस्रोपटक उपाधि भिडन्तसम्मको यात्रा तय गरेको छ।

एनपीएल इतिहासमा यी दुई टोली हालसम्म ५ पटक आमनेसामने भएका छन्। लुम्बिनीले ३ खेल जित्दा सुदूरले २ खेल जितेको छ । पछिल्ला ३ भेटमा लुम्बिनीले लगातार सुदूरलाई हराएको छ । लुम्बिनीले प्रतियोगिताभर आफ्नो टोलीमा धेरै परिवर्तन गरेको छैन।

नियमित खेलाडीलाई निरन्तरता दिँदै आएको टोलीले पहिलो क्वालिफायरमा पनि सन्तुलित प्रदर्शन गरेको थियो। त्यसैले फाइनलमा पनि पहिलो क्वालिफायरकै टोलीलाई निरन्तरता दिने सम्भावना छ। सुदूरपश्चिमले भने प्रतियोगिताका विभिन्न चरणमा टोलीमा परिवर्तन गर्दै आएको छ।

तर, दोस्रो क्वालिफायरमा चितवनलाई हराएको टोलीले फाइनलमा पनि सोही विजयी संयोजनलाई निरन्तरता दिने सम्भावना छ। उता राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ ।

शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै २६ रनमा अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर देखिएको खेलमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पवन सर्राफले सर्वाधिक ६ रन बनाए । भारतका प्रिन्स यादवले ५ विकेट लिए । त्यस्तै, हर्षित रानाले ४ तथा शाहबाज अहमदले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ए ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।

भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ्स खेले । कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोड्दा वैभव सूर्यवंशीले २६ रन बनाए । ४२ रनमा ३ विकेट गुमाएको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए ।

उनीहरूले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पु¥याए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले एक विकेट हात पारे ।

भारतसँगको हारसँगै नेपालको राइजिङ स्टार्स एसिया कप यात्रा निराशाजनक बनेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top