नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

५ मंसिर २०८३, शनिबार
Share this
709shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनायो ।

Advertisement

प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म यो नियम लागू हुने ।

सडकखण्डको घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय ।

सडक बन्द रहने पाँच घण्टाको अवधिमा घोप्टेभीर क्षेत्रमा रहेका जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामा उल्लेख ।

तोकिएको समयमा उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top