५ मंसिर , काठमाण्डौ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलद्धारा जानकारी ।
थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री पोखरेलले फिफा र एएफसी तहगत निर्वाचनमा सहमत हुँदा समस्या समाधान भएको उल्लेख ।
फिफा–एएफसी र सरकारबीच बुझाइमा फरकपन हुँदा यो समस्या आएको उनको भनाइ ।
एन्फा निर्वाचन पुरानै नेतृत्वले गर्ने कि अन्तरिम कमिटी बनाएर गर्ने भन्नेबारे टुंगो लाग्न बाकी रहेको उल्लेख ।



