६ मंसिर , काठमाण्डौ ।
पच्चीस वर्षअघिको नारायणहिटी राजदरबार हत्याकाण्डमा बाँच्न सफल राजकुमारी केतकी चेष्टरको ८० वर्षको उमेरमा निधन ।
राजा महेन्द्रका छोरा अधिराजकुमार बसुन्धरा वीर विक्रम शाह तथा अधिराजकुमारी हेलेन शाहकी माहिली छोरी केतकी २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डकी साक्षी हुन् ।

उनी उक्त गोलीकाण्डमा आफैँ घाइते भएकी थिइन् ।
युवराज दिपेन्द्रले नै हत्याकाण्ड मच्चाएको र ढलेका राजालाई लात्तीले हानेको आफूले देखेको बयान तत्कालीन छानबिन आयोगमा दिएकी थिइन् ।



