प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले गरे दिल्लीमा स्वागत

६ मंसिर २०८३, आइतबार
Share this
815shares

६ मंसिर , काठमाण्डौ । 

Advertisement

प्रधानमन्त्री बालेन्द्रशाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगे ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम ।

शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीकोसमेत प्रदर्शन ।

उनको बसाइ ताज होटलमा हुने तय । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम ।

भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुने । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुने जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top