कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

८ मंसिर २०८३, मंगलबार
Share this
731shares

८ मंसिर , काठमाण्डौ ।

Advertisement

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि अधिकांश क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार देशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रको मौसम मुख्यतया सफा ।

Advertisement

तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्दा विशेषगरी बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्र ।

दिउँसो उल्लेखनीय वर्षा वा मौसममा ठूलो परिवर्तन हुने सम्भावना नरहेको तथा राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बादल लाग्ने ।

राति तथा भोलि बिहान तराई, उपत्यका र खोँचका केही स्थानमा पुनः हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले बिहानको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top