अबको प्रधानसेनापतिको दौडःअनुपजंग थापा बने रथी

९ मंसिर २०८३, बुधबार
Share this
683shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाली सेनाको भावी प्रधानसेनापतिको प्रमुख दाबेदारका रूपमा हेरिएका अनुपजंग थापा रथी पदमा बढुवा ।

प्रधानसेनापति अशोकराज सिग्देलद्वारा जङ्गीअड्डामा आयोजित विशेष समारोहमा थापालाई रथीको दज्र्यानी चिन्ह प्रदान ।

Advertisement

नेपाल सरकारको मन्त्रिपरिषद्ले गत मङ्सिर ४ गते गरेको निर्णयअनुसार थापा उपरथीबाट रथीमा बढुवा भएका हुन्।

नेपाली सेनामा प्रधानसेनापतिपछिको दोस्रो उच्च पद रथी भएकाले उनको बढुवालाई भावी नेतृत्व हस्तान्तरणको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिदै ।

रथी पदमा पुगेपछि थापाले अब बलाधिकृत रथी वा बलाध्यक्ष रथीको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने ।

उमेर हद र सेवा अवधिको व्यवस्थाले साथ दिएमा उनी वर्तमान प्रधानसेनापति सिग्देलपछि नेतृत्व सम्हाल्ने प्रमुख दाबेदारका रूपमा रहने ।

सोही समारोहमा उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दज्र्यानी चिन्ह प्रदान ।

त्यस्तै, सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल र शितल बानियाँ तथा महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top