९ मंसिर , काठमाण्डौ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणपछि सामाजिक सञ्जालमा नेपालले भारतलाई चिकेन नेक क्षेत्रको करिब १५० किलोमिटर लामो रणनीतिक भूभाग दिन सहमति जनाएको दाबीसहितको भाइरल भिडिओ रिपोर्ट फेक ।
दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त सम्बोधनपछि हिन्दी भाषामा तयार पारिएको उक्त भिडिओ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि गरिएको फ्याक्ट चेकमा समेत उक्त भेडिओ फेक पुष्टि ।

भिडिओमा भारतीय पत्रकार सुधीर चौधरीले नेपालले रणनीतिक महत्त्वको उक्त भूभाग भारतलाई दिन सहमति जनाएको दाबी गरेको देखाइएको छ ।
तर तथ्य जाँचका क्रममा उक्त भिडिओ मिथ्या रहेको पुष्टि ।
सुधीर चौधरी कार्यरत डीडी न्युजमा यस्तो कुनै सामग्री प्रसारण नभएको र उनको प्रस्तुति र आवाज प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत भिडिओ तयार पारिएको खुल्यो ।
एआईको दुरुपयोग गरी नेपाली भूमि भारतले लिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइयो ।



