कस्तो रहला आज दिनभरको मौसम रु

१० मंसिर २०८३, बिहीबार
Share this
764shares

१० मंसिर , काठमाण्डौ ।

Advertisement

  हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।

Advertisement

बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाको भनाइ ।

बिहानपख काठमाडौं उपत्यका तथा विभिन्न खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा अन्य तराई क्षेत्रका थोरै स्थानमा पनि हुस्सु र कुहिरो लाग्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top