भोटेकोशी बाढीमा बेपत्ता २१३ भारतीयलाई मृत घोषित गर्ने प्रक्रिया सुरु

१० मंसिर २०८३, बिहीबार
Share this
698shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

नेपालमा गत भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु ।

भारतीय दूतावासले सूचीमा कुनै त्रुटि भए सच्याउन वा आपत्ति जनाउन पीडित परिवारलाई आगामी २ डिसेम्बरसम्म समय दियो ।

Advertisement

भारतीय दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारले मृतक घोषणा गर्ने प्रक्रिया अघि बढाएको जानकारी ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा सार्वजनिक ।

सूचीमा नाम थप्न, हटाउन वा विवरण सच्याउन परिवारका सदस्यले भारतीय दूतावासमा सम्पर्क गर्न सक्ने ।

त्यसका लागि दूतावासको इमेल ठेगाना पनि उपलब्ध ।

परिवारबाट प्राप्त सुझाव, टिप्पणी तथा संशोधनको प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिने र औपचारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाउने ।

त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय निकायबाट उनीहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्ने ।

यस प्रक्रियाका क्रममा दूतावासले बेपत्ता व्यक्तिका परिवारसँग थप विवरण तथा आवश्यक कागजात माग्न सक्ने ।

आगामी दिनमा यसबारे थप जानकारी सार्वजनिक गरिने पनि दूतावासको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top