१० मंसिर, काठमाण्डौ ।
नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरियो ।
सूचना जारी गर्दै मंसिर १५ गतेदेखि नयाँ व्यवस्था लागू हुने काउन्सिलले गरायो जानकारी ।

अब प्रमाणपत्रका लागि आवेदन दिँदा स्थायी लेखा नम्बर (प्यान), त्यसको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने।
नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका निर्देशन तथा बजेटमा उल्लेखित व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको काउन्सिलको भनाई ।



