१० मंसिर, काठमाण्डौ ।
बुटवलमा दिसाजन्य फोहोर, गाईवस्तुको गोबर र वनमारा प्रशोधन गरेर जैविक मल उत्पादन गर्न थालियो ।
बुटवल सेनिटरी प्रालिले २०७८ सालदेखि फोहोर व्यवस्थापनसँगै मल उत्पादनको काम अघि बढायो ।

बुटवल र तिलोत्तमा क्षेत्रबाट दैनिक ३२ हजार लिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्ने उद्योगले त्यसलाई उपयोगी स्रोतका रूपमा प्रयोग गर्दै ।
प्रशोधन गरिएको फोहोरबाट तयार मल खेतबारी र नर्सरीमा प्रयोग गर्न सकिने उद्योगका अध्यक्ष यामबहादुर थापाको भनाई।



