११ मंसिर, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अधिकांश मुद्राको मूल्य वृद्धि ।
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा बढ्यो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम ।
त्यस्तै, युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा पुगेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा कायम ।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा पुग्यो ।
यसैगरी, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा निर्धारण । यसअघि गएको जेठ ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।
उक्त दिन डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।





