११ मंसिर , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने ।
त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका महामन्त्री ललित चन्दको जानकारी ।

कर्णालीमा शनिबार र आइतबार गरी दुई दिन प्रशिक्षण चल्ने ।
त्यसपछि अन्य प्रदेशमा प्रशिक्षण चलाउने तयारी हुँदै ।
प्रशिक्षणका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री, विपिन आचार्य, नेताहरू शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, हरि ढकाल लगायत शुक्रबार नै वीरेन्द्रनगर आउने कार्यतालिका ।
साथै, प्रशिक्षणमा कर्णालीका जिल्ला, प्रदेश र स्थानीय गरी करिब ३०० जना नेता, कार्यकर्ता सहभागी हुने कर्णाली प्रदेश उपसभापति तुलाराज शाहीको जानकारी ।
रास्वपाले कर्णालीका ८ जिल्लामा अधिवेशन सकेको छ भने डोल्पा र हुम्लामा बाँकी ।





