११ मंसिर, काठमाण्डौ ।
रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारले प्रक्रिया अघि बढायो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकबाट ४८ जिल्लाबाट विवरण यकिन भएका उनीहरूलाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय ।

यसैगरी, सातवटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार बेपत्ता भएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत बैठकमा प्रस्तुत ।
बैठकले विपद् जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सन् २०८७ सम्म सबै समुदायमा पूर्वसूचना प्रणाली पु¥याउने राष्ट्रिय मार्गचित्रसहित वन डढेलो र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी रणनीति तथा कार्ययोजनासमेत स्वीकृत गर्याे ।





