११ मंसिर, काठमाण्डौ ।
काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका सुकुम्वासीलाई तत्काल हटाउने सरकारी निर्णयप्रति नेपाली कांग्रेसको आपत्ति ।
होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या बलपूर्वक विस्थापन गरेर नभई न्यायपूर्ण र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने निष्कर्ष निकाल्यो ।
यस विषयमा समन्वय र सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन ।
सरकारद्वारा भने होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आज मंसिर ११ गतेसम्म स्थान खाली गर्न सूचना जारी ।





