११ मंसिर, काठमाण्डौ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समयमै काम सम्पन्न नगर्ने सात निर्माण कम्पनीलाई कालोसूचीमा राखियो ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि अढाई वर्षसम्मका लागि कालोसूचीमा राखिएको उल्लेख ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयको भनाइ ।
कार्यालयका अनुसार जिम्मा लिएको निर्माण कार्य निर्धारित समयभित्र पूरा नगरेका कारण सम्बन्धित निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेका थिए।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
यससँगै उनीहरूले सरकारी ठेक्का तथा सार्वजनिक खरिदसम्बन्धी काममा समेत भाग लिन नपाउने ।
बीएमआर कन्स्ट्रक्सन दार्चुला, हेभन–निधान जे.भी. काठमाडौं, कालिकोट; निस्चिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रा.लि.त्रिवुगा गाईघाट, आर.यु.पी.एस. कन्स्ट्रक्सन प्रा.लि. दमक , बाल्टा पेट्रोकेमिकल प्रा.लि. धनगढी, जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रा.लि. वीरगञ्ज लगायत कालोसूचीमा ।






