चितवनका ८३ परिवारले पाए जग्गाधनी पुर्जा

११ मंसिर २०८३, शुक्रबार
Share this
662shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

चितवन जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरे ।

गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

Advertisement

समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा प्राप्त गरेको जानकारी।

यसैगरी, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि पुर्जा वितरण गरिएको छ ।

चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाए ।

हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार भइरहेको छ भने जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन गरेका छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top