चितवनको टाँडीमा खुल्यो एथरको १७औँ एक्सपेरियन्स सेन्टर

११ मंसिर २०८३, शुक्रबार
Share this
749shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।

नयाँ सेन्टर खुलेसँगै चितवनको रत्ननगर र आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न र खरिदका लागि परामर्श लिन सजिलो हुने कम्पनीले जनाएको छ ।

Advertisement

यो सेन्टर डाइनामिक इनर्जी प्रालिले सञ्चालन गर्नेछ ।

यसअघि पनि डाइनामिक इनर्जीले चितवनको आस्था चोकमा एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो ।

टाँडीमा नयाँ सेन्टर खोलेसँगै चितवनमा एथरको सेवा विस्तार भएको छ ।एथरका स्कुटरहरूमा यात्रालाई सहज बनाउने विभिन्न अत्याधुनिक प्रविधिहरू समावेश छन्।

थ्रोटलकै सहज प्रयोगबाट गति बढाउन र घटाउन मिल्ने ‘म्याजिक ट्विस्ट’ प्रविधिमा ‘रिजेनेरेटिभ ब्रेकिङ’को सुविधा दिइएको छ। यसका साथै लामो दूरीको यात्रालाई थप आरामदायी बनाउने ‘इन्फिनिट क्रुज’ तथा स्कुटरका विभिन्न प्रणालीलाई आवाजमार्फत चलाउन सकिने ‘भ्वाइस इन्टर्याक्सन’ जस्ता विशेषताहरू यसमा उपलब्ध छन्।

विद्युतीय स्कुटरको दीर्घकालीन उपयोगप्रति ग्राहकको विश्वास बढाउन कम्पनीले ‘एथर एस्योरेन्स एट७०’ कार्यक्रम लागू गरेको छ।

तोकिएका सर्तहरूको अधीनमा रहने यस योजनाअनुसार ८ वर्ष वा ८० हजार किलोमिटर गुड्दासम्म ब्याट्रीको क्षमता कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिएको छ।

हाल देशभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर तथा ५३ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्। टाँडीमा नयाँ केन्द्र सञ्चालनको अवसर पारेर कम्पनीले विशेष छुट योजना पनि ल्याएको छ।

यस योजनाअन्तर्गत तोकिएका स्कुटर खरिदमा ग्राहकले सर्तहरूको अधीनमा रही १ लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

वैद्य इनर्जीले नेपालभर भरपर्दो चार्जिङ नेटवर्क, गुणस्तरीय सेवा पूर्वाधार र ग्राहककेन्द्रित कार्यक्रममार्फत वातावरणमैत्री तथा स्मार्ट मोबिलिटी सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।

नयाँ सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र रिज्टा स्कुटर हेर्न तथा अनुभव गर्न सक्नेछन् ।

४५० सिरिजलाई आधुनिक प्रविधि र राइडिङ अनुभवमा केन्द्रित गरिएको छ भने रिज्टा परिवार र दैनिक प्रयोगका लागि बनाइएको कम्पनीले जनाएको छ ।

एथरका स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता सुविधा छन् । म्याजिक ट्विस्ट सुविधाले थ्रोटलबाटै स्कुटरको गति बढाउन र घटाउन सकिन्छ ।

त्यस्तै, इन्फिनिटी क्रुज सुविधाले लामो दूरीको यात्रा गर्दा सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top