विराटनगरमा ‘म्युजिकल फेस्ट २०७५’ हुँदै

विराटनगर, कात्तिक ११
विराटनगरमा यही कात्तिक २७ गते ‘म्युजिकल फेस्ट २०७५’ हुने भएको छ । ३ पटक सम्म सफलता पूर्वक आयोजना भइसकेको ‘म्युजिकल फेस्ट’को चौथो संस्करण द ग्रिन लिफ ब्याण्ड र विराट फ्रेण्डस् क्लवको आयोजनामा हुने भएको हो ।

‘म्युजिकल फेस्ट’मा राष्ट्रिय कलाकार तथा चर्चित ¥यापर आशिष राना (लाहुरे) तथा द स्मृति व्याण्ड, द ग्रिन ग्रिन लिफ व्याण्ड, गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको प्रस्तुती रहने विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

विराटनगर– १ शान्तिचौकमा जिल्ला प्रहरी कार्यालय मोरङको नजिकै रहेको खुल्ला मैदानमा हुने सो म्युजिक फेस्टमा प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ । दशैँ तिहार र छठ जस्ता चाडपर्वको समय पारेर आयोजना गरिँदै आएको म्युजिकल फेस्टले सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा रहेको कार्यक्रम ब्यवस्थापक तथा संयोजक सन्तोष महत(स्यान्ट्रो)ले बताए ।

उनले कार्यक्रमको अनुमानित लागत ५ लाख रहेको बताउँदै विराटनगरमा फ्रि कन्सर्ट गर्नु चुनौतीपुर्ण रहेको बताए । कार्यक्रम कात्तिक २७ गते मंगलबार बेलुका ५ बजेदेखि १० बजेसम्म हुने छ । म्युजिकल फेस्टको गएको संस्करणमा पनि सुगम पोखरेल लगायतका अन्य राष्ट्रिय कलाकारहरुले बेजोड नृत्य तथा सांगितिक प्रस्तुती दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top