मिस नेवा कोशीको ट्यालेन्ट राउण्ड सम्पन्न(फोटो फिचरसहित)

११ कात्तिक ७५, आइतबार
Share this
669shares

विराटनगर, कार्तिक ११
मञ्जिना क्रिएसन मुभिज प्रालिको आयोजनामा हुन लागेको दोस्रो मिस नेवा कोशी प्रतियोगिताको विभिन्न राउण्ड सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न राउण्ड पार गर्दै १३ जना युवती फाइनलमा प्रवेश गरिसकेका छन् ।

Advertisement

फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीहरुको आइतबार विराटनगरमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । जसमा प्रतिस्पर्धीहरुले चित्रकला, वक्तृत्वकला, नृत्य, गीत, कवितालगायत प्रस्तुत गरेका थिए ।

Advertisement

प्रतियोगितामा कवि एवं पत्रकार मीनकुमार नवोदित, प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठ, गायक दीपेन थापा, नृत्य निर्देशक समीक्षा कार्की र अनुराग श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Advertisement

फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीहरुलाई नेवारी भाषा, नृत्य, गायन, व्यक्तित्व विकासलगायत प्रशिक्षण दिइरहेको मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । यही कात्तिक १७ गते शनिबार प्रतियोगिताको फाइनल हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top