उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न रोक

१२ कात्तिक ७५, मंगलबार

काठमाडौं,कात्तिक १३
स्वास्थ्यको खराबीका कारण शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पतालल रोक लगाएको छ ।
उनको छातीमा संक्रमण हुनुका साथै चिनीको मात्र असन्तुलित देखिएको छ ।

Advertisement

स्वास्थ्यमा समस्या भएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

सोमबार नेताहरुले अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । तर, मंगलबार अपराहृनबाट भेटघाटमा रोक लगाएको हो ।

Advertisement

शिक्षण अस्पतालले भने संक्रमण नियन्त्रण गरी स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएको भन्दै शिक्षण अस्पतालले चिकित्सकीय रायअनुसार नै भेटघाटमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top