महिलालाई बेश्या बनाउन शतप्रतिशत पुरूषको हात हुन्छ

१३ कात्तिक ७५, बुधबार

“त्यो सुनसान बस्तीमा मलाई सियोले घोचेर तड्पाई–तड्पाई मारे भने पनि यो क्रन्दन कसैले सुन्दैनन् । म धर्तीमा जसरी अनाथ भएर जन्मिएँ त्यसैगरी मरण पनि दुर्दशापुर्ण नै हुने भयो । न मेरा बुबा छन् न मेरा आमा छन्। बुवा–आमा नभएको टुहुरोलाई यति जग्गा तेरो थियो भनेर एउटा धनिपुर्जा छ,एकथान नागरिकता छ होटलमा भाँडा माझ्दै पढेको केही थान सार्टिफिकेट छन्। त्यो भन्दा अर्थोक केही नै त छैन ।मेरो आफ्नै कथा पो रन्जुभन्दा दर्दनाक छ।म कतै गएर आफ्नै कथा लेख्दा पो राम्रो होला।” – हेमन्त खड्का

साहित्य जीवन र जगतको यथार्थ तथा कल्पनाको स्रोत हो जुन स्रोत प्राप्ति गर्नको लागि ध्यान÷चिन्तनको आवश्यकता पर्दछ।साहित्य आफैँमा यस्तो विषय हो,जसले कलात्मक ढङ्गबाट महत्त्वपूर्ण बिषयहरूलाई प्रस्तुत गर्ने गर्दछ। समयको परावर्तन तथा साहित्य पथ समिप रहेका ब्यक्तिहरूको मन र विचारको परिवर्तन सँगसँगै यो समयमा नेपाली साहित्यले फराकिलो क्षेत्र विस्तार गरेको छ।वर्तमान समयमा साहित्य अनुरागी मनहरूको पाठन र लेखन दुवै कुराको जोड उपन्यासमा पाइन्छ।यो हुनुमा उपन्यास आफैँमा यस्तो विधा हो जसले कुनैपनि बिषयमा सरल,सहज र आकर्षक ढङ्गबाट बिम्बहरूलाई प्रस्तुत गर्ने गर्दछ।

Advertisement

लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउदै आउनुभएको दामोदर ढकाल (दिपक) ज्युको २०३५ साल साउन २६ गतेका दिन याकु – ७ भोजपुरमा भएको हो। दिपक ज्युको पिता कृष्णप्रसाद ढकाल तथा माता राधादेवी ढकाल हुन्। उहाँ सुख–शान्ति (मासिक पत्रिका)को प्रधान सम्पादक , गौरी पब्लिक रिलेसन् एन् पब्लिकेसन्सको अध्यक्ष तथा आधुनिक साहित्य परिषद्को उपाध्यक्ष हुनुहुन्छ। उहाँबाट लिखित आधा दर्जन कृति प्रकाशित भइसकेका छन्। यतिखेर मलाई ढकालद्वारा लिखित रत्नपार्ककी रन्जु उपन्यासबारे केही टिप्पणी गर्न मन लागेको छ हुन त म आख्यानकार–उपन्यासकार हैन तथापि यस उपन्यासभित्रका केही कथावस्तुहरूलाई केलाउने कोशिश गर्नेछु।

रत्नपार्क आफैंमा यस्तो महत्त्वपूर्ण ठाउँ हो जहाँ स्वच्छ तथा पवित्र मन हुनेहरूको लागि स्वर्गीय आनन्द मिल्छ तर आज सबल सोच भएका जो सुकैलाई पनि यो नामले यसको ठिक विपरीत सोच्न बाध्य बनाउछ यसको प्रमुख कारक भनेकै वर्तमानमा विद्यमान रहेको देह व्यापार हो। जहाँ महिलाहरूलाई बेश्याको उपमा पाउने ठाउँ भनेर चिनिन्छ यसको कारण चिन्ने र चिनाउने दुवै पुरूष हो।तर हाम्रो आधुनिकरबौद्धिक समाजले महिलालाई रन्डि–बेश्या बनाउछ तर पुरुषलाई भने यिनै नामहरूको न्वारान गर्ने बाहुन बनाई सेवा गरिरहेको छ। रत्नपार्ककी रन्जु(उपन्यास )आजभन्दा करिब ४–५ महिनाअघि प्राप्त गरेको थिएँ जसलाई अध्यन गर्ने सु–अवसर आज पाएँ एक पटक पढेँ बुझेँ बुझ्नकै लागि भएपनि दोहोर्याएर पढेँ कथावस्तु अत्यन्तै सान्दर्भिक लाग्यो।यस कृतिका लेखकले उपन्यासमा मुख्य २ पात्र रन्जु र विनयलाई बनाउनुभएको छ सहायक पात्रहरू पनि छन् कृतिको नामअनुसार अत्यन्तै कलात्मक ढङ्गले आख्यान प्रस्तुत गरिएको छ।गाउँले जीवन र शहरी जीवन,र यहाँका वातावरण र प्रकृतिलाई खुलाइएको छ।

यस उपन्यासमा मुख्यतया सरल र सबल सोच भएका मान्छेहरू हरेक ठाउँहरूमा ठक्कर खान्छन तर हरेश खादैनन्।विचलित बिन्दुमा पुग्छन् विचलन हुदैनन्। सामन्ती सोच भएका व्यक्तिहरूले आफनो वर्चस्वमा थिचोमिचो गरिरहन्छन् । यदि पहुँच छैन भने आफनै घरभित्र पनि तानाशाही÷पराजीवि भई घरको जग नै भत्काएर भएपनि खानतर्फ लाग्छ जुन उनिहरूको रगतका हरेक धमनिहरूमा श्वासप्रश्वास झैँ सक्रिय रूपमा चलिरहन्छ साथै एउटी महिला आफै बेश्या बन्दिनन् जसमा पुरूषको हात हुन्छ भन्ने कुरा खुलाइएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top