×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

प्रदेश १ योजना आयोग उपाध्यक्षमा प्याकुरेललाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय

१४ कार्तिक २०७५

विराटनगर, कात्तिक १४
प्रदेश नं १ को सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गदैे प्रदेश योजना आयोग गठन गरेको छ ।

बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्ति गरिएको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । प्याकुरेल बिराटनगर निवासी हुन् ।

Advertisement
Advertisement

त्यसैगरी आयोगको सदस्यमा मिना भण्डारी र पुर्ण लक्समलाई नियुक्ती गरेको छ । हाललाई तिन सदस्यी समिति रहेको आयोगमा दुई जना सदस्य थप गरिने मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्री परिषद वैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रदेश नम्वर एकको सार्वजनिक खर्च मापदण्ड र मितव्ययता सम्वन्धि निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय समेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्री परिषदको बैठकले सुनसरी जिल्लाको कोशी गाँउपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि वढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिमलाई नँया शहरका रुपमा बिकास गर्र्ने स्वीकृती प्रदान गर्ने निर्णय समेत गरेको छ ।

यी दुई शहरलाई व्यवस्थित गर्न केन्द्र सरकारवाट १७ करोड रुपैया विनियोजित भइसेको छ । यसैगरी मन्त्री परिषद वैठकले प्रदेश १सरकारको मातहतमा रहेका भौतिक सम्पती प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

यसैगरी संविधानसँग मेल खाने शव्द भएका सरकारी कार्यालयहरुलाई १५ दिन भित्र संविधानसंम्वद हुने गरी परिमार्जन गर्ने निर्णय समेत गरेको छ । कोशी प्रतिष्ठान विधेयक मस्यौदा स्वीकृत प्रदान गर्ने तथा प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृती प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement
Advertisement

मन्त्री परिषदको बैठकले झापाको दमकमा रहेको ग्रामिण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top