×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युवतीको शव फेला

१५ कार्तिक २०७५

लहान,कात्तिक १५
सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।

सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो ।

Advertisement
Advertisement

तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

Advertisement
Advertisement

रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top