अवैध उत्खनन् गर्ने भुमी कन्ट्रक्सनले जरिवाना तिर्न मानेन

विराटनगर : ढुङ्गा गिट्टीको अवैध उत्खनन् गरेका कारण जरिवानामा परेका भुमी कन्ट्रक्सनले रकम तिर्न आनाकानी गरेपछि जिल्ला समन्वय समिति मोरङले बैँक खाता राक्काको आदेश दिएको छ ।

Advertisement

ठेकेदार कम्पनी भुमी कन्ट्रक्सनले ग्यारेन्टि बसेको प्रभु बैँकलाई समन्वय समितिले पत्र लेखि खाता रोक्क ागर्न आदेश दिएको हो ।

वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी मोरङको मिक्लु र सोल्टी खोला च्यानलाईज गर्ने नाममा भुमीले उत्खनन् गरेको पाईएको थियो । सो अवैध उत्खनन् गरिएको खोलाको ढुङ्गागिट्टी बिक्री गर्दा तत्कालीन ठेकेदार कम्पनी भुमी कन्ट्रक्सनको बिल प्रयोग भएको थियो ।

Advertisement

खोलाको अवैध उत्खनन्को छानविन गर्न उर्लाबारी इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख रामकुमार कुरुवाङको नेतृत्वमा गठन भएको समितिले अबैध उत्खनन् गरेको ठहरसहितको प्रतिवेदन दिएपछि समन्वय समितिले जरिवाना तिर्न पत्र लेखेको हो ।

सोही प्रतिवेदनका आधारमा ठेकेदार कम्पनी भुमी कन्ट्रक्सनलाई पाँच लाख १२ हजार ५७ रुपैँया जरिवाना गर्ने निर्णय भएकोमा उसले बुझाउन आनाकानी गरिरहेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top