राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त

१५ कात्तिक ७५, शुक्रबार

राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् ।,, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement

२९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो । कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन् ।

पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो ।राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने गरेको भन्दै पार्टी पदाधिकारीलाई अन्य कर्मचारीले पटकपटक सुनाउने गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top