×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौचन हत्यामा प्रयोग भएको पेस्तोल: मदिराको लतले समातिए कारोबारी

२९ मंसिर २०७४

बारा – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतोले भारत बिहारको बेतिया जिल्लाका मुकेशकुमार पाण्डेलाई पेस्तोल बुझाएका थिए ।

Advertisement

पाण्डेले असार अन्त्यतिरै पेस्तोल नारायगढमा श्यामबहादुर गुम्बेलाई बुझाएका थिए । गुम्बेले पाण्डेमार्फत महतोलाई ६५ हजार रुपैयाँ बुझाएका थिए । महतो नेपाल–भारत सीमा रक्सौलमा बसेर हतियार सप्लाई गर्ने र लागुऔषध बेचबिखनमा सक्रिय रहेको अनुसन्धानबाट खुलेसँगै गौचन हत्या अनुसन्धान गर्न बनाएको टोलीका दुई सदस्य अजय केसी र रुगम कुँवर बारा पुगेका थिए । उनीहरू बारामा दुई दिन बस्दा पनि महतोको सुराक नपाएपछि काठमाडौं फर्किएका थिए ।

बारा प्रहरीलाई महतोबारे जानकारी पहिला खासै थिएन । अनुसन्धान गर्दै जाँदा महतो रक्सीको लतमा लागेको खुल्यो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार महतोको एक जना साथीमार्फत उनी बसेको ठाउँ पत्ता लाग्यो कल डिटेल्समार्फत ।

महतो सहजै पक्राउ पर्ने थिएनन् । उनी पर्सा प्रहरीमा समेत खोजीको सूचीमा थिए । प्रहरी देखेपछि आफैंलाई पक्रन आएजस्तै लाग्थ्यो महतोलाई । बारा प्रहरीले सुरुको चरणमा महतोलाई उनकै साथीमार्फत वीरगन्ज बोलाउन लगायो । तर, महतो आएनन् । चार दिनपछि महतो मदिरा पिउन रक्सोल पुगे । सादा पोसाकमा खटिएको प्रहरीले महतोलाई समात्यो ।

महतो पक्राउ गर्न इलाका प्रहरी कार्यालय जितपुरका सई सागरशम्शेर राणाको टोली वीरगन्ज पुगेको थियो । राणा वीरगन्ज, नारायणी अञ्चल, मध्यक्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान ब्युरोमा बसेर सीमाका अपराधीबारे राम्रो दख्खल राख्ने सई मानिन्छन् ।

महतो पक्राउ गर्न राणालाई उचित पात्र ठाने प्रदेश नम्बर दुईका प्रमुख एआईजी विजयलाल कायस्थले ।महतोकै सहयोगमा गुरुङ र पाण्डे पक्राउ गर्न प्रहरीलाई सहज भयो । हतियारको विषयमा कुरा उठान भएलगत्तै मुकेशले तिघ्रामा टेपले बाँधेर हतियार नारायणगढसम्म पुर्‍याएको रहस्य खुल्यो ।

तीनै जनालाई एक रात जितपुरमा थुनेर सई राणा आफैं काठमाडौं पुगे । अनुसन्धान कार्यदलले महतो, पाण्डे र गुरुङबीचको फोन कनेक्सन थाहा पाएपछि नारायणगढबाट हतियार बुझ्ने श्यामबहादुर गुम्बेको कनेक्सन थाहा पाएको थियो ।

प्रहरीका अनुसार महतो कम बोल्थे । उनले कमिसनको चक्करमा हतियार बिक्री गरेको प्रहरी बयानमा खुलाएका छन् । गुम्बे पेस्तोल र मोटरसाइकल एकै पटक लिएर जान पर्सा पुगे पनि मोटरसाइकल चेकिङमा पर्ने भएपछि हतियार फेला पर्ने डरले नारायणगढमा पुगी हतियार बुझेर काठमाडौं फर्केका थिए ।

गौचन हत्यामा प्रयोग भएको हतियार र महतोले बिक्री गरेको हतियार एउटै भएको रहस्य तब खुल्यो जब महतोले हतियारको मुचुल्का सकारे । गौचनको असोज २३ गते शान्तिनगर ओमशान्ति चोकमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले गौचन हत्या पैसाकै लागि रचिएको पुष्टि भएकाले मुख्य योजनाकार पक्राउ गरेसँगै फरार अभियुक्तको खोजी भइरहेको बताए ।उनले भने, ‘समिरमान सिंह बस्नेत पक्राउ परेपछि प्रहरीलाई फरार अभियुक्त पक्राउ गर्न थप सहज भएको छ । प्रहरी टोली लागिरहेको छ ।’

गुम्बे-समिर कनेक्सन

नारायणगढमा हतियार लिन पुगेका श्यामबहादुर गुम्बे र गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतको प्रत्यक्ष सम्पर्कमा रहेको खुलेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हतियार खरिदको डिल गर्दादेखि काठमाडौंसम्म हतियार ल्याएर सुटरलाई दिँदासम्म बस्नेत र गुम्बेबीच सम्पर्क देखिएको छ ।

गुम्बे समिरको विश्वासिलो पात्रसमेत हुन् । गुम्बेले काठमाडौंमा हतियार ल्याएपछि बस्नेतसँगको सम्पर्कमा हतियार आइपुग्यो अब काम कहिले गर्ने भन्नेसम्म जानकारी गराएका थिए ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top