×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट केवलकार सञ्चालन

१७ कार्तिक २०७५

दोलखा,कात्तिक १७

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।

Advertisement
Advertisement

केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।
केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए ।

सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।

Advertisement
Advertisement

केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top