सरकार सेनालाई पनि कमजोर बनाउने खेलमा लाग्यो : कोइराला

विराटनगर, कार्तिक १७
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजिरहेको कोइरालाको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चारजगतलाई कमजोर बनाउने खेलमा सरकार लागिपरेको दाबी गरे ।

सम्पत्ति शुद्धीकरणलगायतका महत्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहतमा ल्याएर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको उनले बताए । “न्यायपालिका निरीह बनेको छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ,” कोइरालाले भने, “अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।”

उनले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाएर सरकार मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद जबरजस्ती लाग्न खोजिरहेको बताए । उनले संवैधानिक सर्वोचता र शक्ति सन्तुलन खलबलिएको बताए । नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एउटै ठाउँमा केन्द्रित गर्नेतर्फ सरकार अग्रसर भइरहेको उल्लेख गरे ।

“सबै शक्ति आफूमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीजी लागिरहनुभएको छ,” उनले भने, “यसले मुुलुकलाई बवार्दीको बाटोमा लाग्छ ।” सरकारकै कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको कोइरालाको कथन थियो ।

संघीयता असफल भयो भने अहिलेसम्मका सबै उपलब्धि गुम्ने कोइरालाको दाबी थियो । संघीयता कार्यान्वयनमा सरकार उदासिन भएको बताउँदै कोइरालाले चाँडोभन्दा चाँडो प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न केन्द्र सरकारलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, डीएलए प्रदेश–१ का अध्यक्ष मुरारी पोखरेललगायतले संविधान र लोकतन्त्रलाई संस्थागत गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top