×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

आइपुग्यो विराटनगरमा रेल (फोटो फिचरसहित)

१८ कार्तिक २०७५

विराटनगर, कात्तिक १८
भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वे मार्गमध्ये आज पहिलो पटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ । नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खण्डमा डेढ बर्षभित्र कटहरीसम्मै रेल गुडाउन सकिने निर्माण कम्पनीको दावी छ ।

भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मको लिकमा आइतबार रेल्वेको सफल परीक्षण गरिएको हो । नेपालको रेल–वे कस्टम यार्ड र भारतीय रेल–वे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिछ्याउँदै ३ दशमलव ३ किलोमिटरसम्म रेल मार्गको परीक्षण गरिएको हो ।

Advertisement
Advertisement

 

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वे खण्डको निर्माणको जिम्मा पाएको इकोर्न कम्पनीले परीक्षणका लागि डिजेल इन्जिनको रेल कुदाएर सफल परिक्षण गरेको निर्माण कम्पनी इकोर्नका जेनेरल प्रोजेक्ट म्यानेजर प्रदीप कुमार बताए ।

भारतको बथनाहाबाट आईपुगेको रेलको ईन्जिन बोक्ने डब्बामा भारतका रेल विभाग र निर्माण कम्पनी ईकोर्नका प्रतिनीधिहरु सवार थिए । नेपालको तर्फबाट मुआव्जाको बिषय हल हुन सकेको खण्डमा एक बर्षदेखि डेढ बर्ष भित्रमा नेपाल भित्रको कटहरीसम्म रेल सेवा सुचारु गर्ने रेल निर्माण कम्पनी ईकोर्नका प्रोपराईटर अश्विनी कुमारले बताए ।

 

 

रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालबहाक रेल नेपाल आउने छ । त्यसपछि सोही रेलमार्गमा थप लिंक निर्माण भएपछि यात्रुबाहक रेल नेपाल तर्फको कटहरीसम्म आउने छ ।

कोलकत्ताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालबहाक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर– १८ का वडा अध्यक्ष संञ्जय साहले बताए ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी भएको थियो ।

 

समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनु पर्ने भएपनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर मध्ये ८ किलोमिटरको काम पुरा भएको छ । बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । तसर्थ रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन भने सबैपक्ष अलि गम्भीर हुर्नुपर्ने देखिन्छ ।

 

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top