शेयर बजारमा दोहोरो अङ्कको गिरावट

१८ कात्तिक ७५, सोमबार

काठमाडौँ,कात्तिक १८

धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ३४ विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा आज करिब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ ।

Advertisement

नेप्सेमा उच्च गिरावट आए पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरीद–बिक्री भएको छ ।

स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् ।

रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top