डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यु,२ जनाको जिवितै उद्दार

डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यु,२ जनाको जिवितै उद्दार

डोल्पा, कात्तिक १९
डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६११ नम्बरको जीप ठूलीभेरी–९ मा दुर्घटनामा परेको डोल्पाका प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए ।
जीप कालागौँडादेखि १५० मिटर अगाडि दुर्घटनामा परेको हो। मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.