वनका पूर्व अधिकृतसँग दुर्इ करोड अवैध सम्पत्ति

वनका पूर्व अधिकृतसँग दुर्इ करोड अवैध सम्पत्ति

काठमाडौं : तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो ।

सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा पत्नी गीतदेवी, छोरा अनुपकुमार र अचल कुमारलाई समेत भ्रष्टाचारमा सजाय मागिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.