जुवा खेल्दै गरेका उद्योगी मोरङ प्रहरीको नियन्त्रणमा

२५ कात्तिक ७५, आइतबार
Share this
763shares

विराटनगर, कात्तिक २५
विराटनगरका उद्योगी चम्पालाल राठीको गोदाम घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना उद्योगी व्यवसायीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ स्थित गंगा चोकबाट प्रहरीले आइतवार विहान २ बजे उद्योगी राठीसहित ५ जनालाई १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ का मुकेशकुमार अग्रवाल, विराटनगर– ७ का विमल अग्रवाल र हंशराज जैन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका सबै विराटनगरका उद्योगी व्यवसायी हुन् । विहान २ बजे प्रहरी पुगेपछि केही उद्योगी व्यवसायी भने जुवा खालबाट भागेका थिए । विशेष सुराकीको आधारमा विराटनगर–२ का स्थायी बासिन्दा राठीको चामल उद्योगको गोदाम घरमा पुगेको प्रहरीले १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुङ तास पनि बरामद गरेको श्रेष्ठले जानकारी दिए ।

Advertisement

पक्राउ परेका पाँचै जनालाई जुवा ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी मोरङ प्रहरीले आइतबार विहान १ बजे मोरङको जहदा गाउँपालिका–५ बाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अमरचन सिंहको घरको बरण्डामा जुवा खेलिरहेको अवस्थामा ६० वटा कौडा, ४३ हजार ३ सय २० रुपैयाँसहित जहदा गाउँपालिका वडा नं. ५ बस्ने बीरबल कामत, सेठी भन्ने जयकान्त पौदार र राकेश कामतलाई नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top