×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

पुस १९ देखि विराटनगरमा क्यान इन्फोटेक मेला

२६ कार्तिक २०७५

विराटनगर, कात्तिक २६
कम्प्युटर एशोसिएसन नेपाल महासंघ( क्यान)मोरङ ले आउँदो पुस १९ गते देखि २३ गतेसम्म विराटनगरमा क्यान इन्फोटेक मेलाको आयोजना गर्ने भएको छ । विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले क्यानले इन्फोटेक आयोजना गर्ने भएको हो ।

विराटनगरको जैन भवनमा ५ दिनसम्म हुने सो इन्फोटेक प्रदेश १ कै विशाल र भव्य हुने जनाइएको छ ।  क्यान इन्फोटेक मेलामा क्यानका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङद्धारा आईतबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
Advertisement

मेलामा ब्यवसायीहरुले ब्यापारिक संस्थाहरु विस्थापित गर्ने मात्र नभई नयाँ नयाँ प्रविधि प्रदर्शन गर्ने मौका पाउने र अवलोकन कर्ताले एकै थलोमा सुचना तथा सञ्चार प्रविधिका नयाँ नौलो प्रविधि तथा उपकरणहरुको अवलोकन तथा खरिद गर्न सक्ने क्यानले जनाएको छ ।

नविनतम टेक्नोलोजी, उत्कृष्ट मूल्यमा साथै नेपाली विद्यार्थी तथा स्टार्टअपले डेभलप गरेका विभिन्न प्रविधिहरुको प्रर्दशनी, आर्टिफिसियल,इन्टिलिजेन्स,स्मार्ट सिटी र साईबर सेक्युरिटीको अवधारणाहरु मेलाको मुख्य आकर्षक रहेको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
Advertisement

क्यान महासंघ नेपाल सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ तथा व्यबसायिहरुको छाता संगठन हो ।जसले नेपालमा सुचना प्रविधिको विकास तथा विस्तारमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top