×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

डुलुवा मन्त्री : हरेक महिनाजसो विदेश भ्रमण

२६ कार्तिक २०७५

काठमाडौं, कात्तिक २६
दशैँ अगाडि विदेशबाट फर्केका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव यतिबेला फेरीसयरमा निस्केका छन्। मन्त्रालयमा मन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले गुनासो गरिरहेका बेला तिहार सकिन नपाउँदै मन्त्री यादव फेरी विदेश उडेका हुन् ।

स्वास्थ्य मन्त्री यादव दसैंअघि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका थिए । मंगलबारदेखि कतारमा हुने एक कार्यक्रममा सहभागी हुन यतिबेला कतार गएका छन्। । १५ नोभेम्बरमा मात्र नेपाल फर्किन गरी चार जना मन्त्रालयका कर्मचारीसहित उनी कतार गएका हुन्।

Advertisement
Advertisement

मन्त्री यादवसँगै डा. रोशन पोखरेल, डा सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइ र मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतो कतार गएका छन्।यादवको पछिल्लो विदेश भ्रमणको उद्देश्यबारे मन्त्रालयमा जिज्ञासा राख्दा उनका एक निजी सचिवले ‘विस’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन त्यता लागेको बताए।

मन्त्रालयका एक कर्मचारीका अनुसार सो कार्यक्रम मानसिक स्वास्थ्य, आँखा स्वास्थ्य र नर्सिङ्ग लगायतका विषयमा केन्द्रित कार्यक्रम हो।गत जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादव महिनामा कम्तीमा एकपल्ट विदेश पुग्ने गरेका छन्।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको मन्त्रालयका कर्मचारीहरुको आरोप छ। यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीति–नियम परिमार्जन लगायतका सबै काम कछुवाको गतिमा अघि बढेका छन्।

मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्यान्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन। भदौ ११ र १२ गते भियतनामको हनोई सरहमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भदौ १८ गते विश्व स्वास्थ्य संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे।

त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सकेनन्।अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा मन्त्री सहभागी हुनुपर्ने थियो। आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कर्मचारी मात्रै कार्यक्रममा सहभागी भएका थिए।

मन्त्री भएको करिब चार महिनाको अवधिमा यादवको अमेरिका भ्रमण रद्ध भए पनि असोज अन्तिम सातादेखि मंसिरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भइसकेको छ।

उनले आफू सहभागी हुने आगामी कार्यक्रमसमेत तय गरिसकेका छन्। उनी आगामी मंसिर २६ र २७ गते (डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

संघीयता कार्यान्वयनको चरणमा छ। जसले स्थानीय तहदेखि केन्द्रसम्म असहज सिर्जना गरिरहेको छ। एक दिन पनि प्रभावित हुन नहुने स्वास्थ्यका काममा बाधा–अड्चन आइरहेका छन्।

स्वास्थ्य मन्त्रालयको कर्मचारीका तर्फबाट नेतृत्व गर्नुपर्ने सचिवमा समेत अन्योल बढेको बढ्यै छ। सचिव डा पुष्पा चौधरीलाई सरुवा गरिए पनि अदालतको अन्तरिम आदेशबाट उनी फिर्ता भएकी थिइन्। फेरि कामकारबाहीको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिइएको छ।

विदेश भ्रमणपछि उनको ध्यान कर्मचारीको सरुवामा छ। उनले मन्त्री भएर आएपछि हरेक महिना कुनै न कुनै तहका कर्मचारीको जिम्मेवारी फेरबदल भइरहेको छ। आइतबार मात्रै चार उपसचिवको जिम्मेवारी हेरफेर भएको छ।

स्थायी सरकार भएका कारण यसपल्ट स्वास्थ्य सेवा विस्तार हुने र जनशक्तिको कमीलाई मन्त्रालयले विशेष ध्यान दिने अपेक्षा गरिएको थियो। मन्त्रालयले नियम बनाए पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयन गर्न नसकेका थुप्रै नीतिनियम छन्। यसपल्ट बलियो सरकार भएका कारण ती नीतिनियम पनि कार्यान्वयन हुने अपेक्षा गरिएको थियो।

मन्त्री यादवले मन्त्रालयका काममा ध्यान नदिँदा स्वास्थ्य क्षेत्र सुधार हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन्।

विभिन्न देशमा हुने कार्यक्रमका आयोजकले सकेसम्म मन्त्रीकै उपस्थिति चाहन्छन्। मन्त्रीस्तरीय प्रतिबद्धता बढी प्रभावकारी हुने उनीहरुको अपेक्षा हुन्छ। त्यसैले मन्त्रीलाई पनि निम्तो दिन्छन्। तर, उक्त कार्यक्रमको महत्व भने मन्त्री आफैंले तय गर्नुपर्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।

एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्। उहाँलाई निम्तो आएका हुन् तर प्राथमिकता उहाँले तय गर्नुपर्छ। सबै कार्यक्रमममा सबै देशबाट मन्त्री आउँदैनन्।’महिनामा २–३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका नियमित कामसमेत प्रभावित भइरहेको उनी बताउँछन्।

‘यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्नेजस्ता महत्वपूर्ण काम सबै बाँकी नै छन्,’ एक कर्मचारी भन्छन्, ‘यसैगरी संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य परिभाषित गरी फाइनल गर्नुपर्ने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा स्पष्ट खाका तयार गर्नुपर्ने छ। तर, यतातिर मन्त्रीज्यूको ध्यान गएको छैन।’

संघीयतामा स्वास्थ्य संरचना परिवर्तन भई बनेका नयाँ संरचनामा व्यवस्थापन गरिएका कर्मचारीले तलब नपाएको गुनासो गरिरहेका छन्। दरबन्दीअनुसार चिकित्सक पठाइदिन हरेक दिनजसो मन्त्रालयमा निवेदन पर्ने गरेको छ।

यसैगरी मन्त्रालय अन्तर्गतका ठूला स्वास्थ्य संस्थाहरु समेत नेतृत्वविहीन रहेकाले तिनलाई समेत व्यवस्थित गर्नुपर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयमै पुगेको छ। तर, मन्त्री यादवलाई भने यी विषयमा खास चासो नरहेको बुझिएको छ।

स्वास्थ्य सेवाका कर्मचारीहरु यस्ता विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने गरेका छन्। तर, उनी समस्या समाधानमा अघि सर्नुको सट्टा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेट्न भन्दै पन्छाउँछन्।

Advertisement

जनताका पहुँचमा रहेका स्वास्थ्य संस्था भनेका स्वास्थ्य चौकीहरु हुन्। त्यहाँ एचए र सिअहेबबीच कसले नेतृत्व गर्ने भन्ने विवाद छ। यसका लागि आफ्नो कुरा राख्न गएका एचएहरुलाई आफूले कुरा नबुझेको भन्दै राज्यमन्त्रीलाई भेट्न निर्देशन दिएका थिए। तर, राज्यमन्त्रीको स्तरबाट समस्या समाधान भएन। फेरि उनीहरु मन्त्रीलाई ध्यानाकर्षण गराउन जाँदा उनले भेट्नै नमानेको गुनासो एचएहरुको छ।(नेपाल लाइभबाट)

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top