विराटनगरमा फोहोरको डङ्गुर, फोहोर संकलन गर्ने कर्मचारी आन्दोलित

विराटनगर : विराटनगर महानगरपालिकाको फोहोर ब्यबस्थापन गर्ने ठेक्का पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारी आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा फोहोर थुप्रिएको छ । तिहार लगत्तै ठेकेदार कम्पनीका २ सय ५० मजदुर काम छाडेर आन्दोलनमा उत्रिएपछि सडकमा फोहोर थुप्रिएको हो ।

करार सेवामा कार्यरत मजदुर दशैँ भत्ता माग गर्दै आन्दोलनमा उत्रिएपछि आईतबारदेखि महानगरको फोहोर उठ्न छाडेको हो । ठेकेदार कम्पनी वेष्टे म्यानेजमेन्ट गु्रपका सञ्चालक देवी आचार्य मजदुरले सुरु गरेको आन्दोलनले आईतबारदेखि फोहोर उठाउने कार्य प्रभावित भएको बताउँछन् ।

उनका अनुसार घाटामा सञ्चालन भईरहेको कम्पनीले कामदारलाई दशैँभत्ता दिएको छैन । तर मजदुरले दशैँभत्ता पाउनुपर्ने माग गर्दै आईतबार देखि फोहार उठाउन छाडेका हुन् ।

Advertisement

हामी दशैँभत्ता दिन सक्ने अवस्थामा छैनौँ – उनले भने । उनका अनुसार कार्यरत मजदुर मध्ये आधा आंशिक र आधा पुर्णकालिन छन् । आंशिकलाई ८ हजार र पुर्णकालिनलाई १५ हजार रुपैँया पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।

विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रुपैँया दिँदै आएको छ ।,आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top