बर्षमानको आशंका : ‘विप्लवलाई प्रयोग गर्ने सम्भावना बढ्यो’

बर्षमानको आशंका : ‘विप्लवलाई प्रयोग गर्ने सम्भावना बढ्यो’

रोल्पा : जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहने शत्तिले प्रयोग गर्न सक्ने आशंका ब्यक्त गरेका छन् ।

मन्त्री पुनले सोमबार सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । , आजको नेपाल समाचारपात्रमा यो खबर छ ।

जनताको त्याग, तपस्या र बलिादानीस्वरुप आएको संघीयता, धर्मनिरुपक्षेता, समावेशीकरण र गणतन्त्र मन नपरेका शक्ति सलबलाउन लागेको बताउँदै तीनै शत्तिले विप्लवजीलाई पनि प्रयोग गर्ने सम्भावना देखिएको छ , मन्त्री पुनले भने ।

संक्रमणकालको केही अंश अझै बाँकी रहेको बताउँदै यस्तो अवस्थाको फाईदा उठाएर परिवर्तन उल्टाउने हर्कत देखिन थालेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.