बारीमै कक्षा

खोटाङ : ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा।।।’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन् ।

Advertisement

बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ललगायत बालबालिका ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका बालबालिका यसैगरी रमाइरमाई पढिरहेका छन् ।

Advertisement

तीन वर्षअघि बन्द भएपछि स्थानीय अभिभावकको पहलमा सञ्चालनमा आएको विद्यालयमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जाति र भाषाका ९२ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको शिक्षणशैली फरक छ । पाठ्यपुस्तकमा एकोहोरो घोकाइँदैन, व्यवहारमा सिकाइन्छ । दैनिक जीवनमा आइपर्ने सबैखाले शिक्षा दिइन्छ ।

Advertisement

सरकारी पाठ्यक्रममा आधारित शिक्षाका साथै बालबालिकालाई अन्य शीर्षकमा पढाउने गरिएको प्रधानाध्यापक सविता ढकालले बताइन् ।

उनका अनुसार विद्यालयमा बोली नेपाली, अंग्रेजी, हिन्दी, चाइनिज, खाना उत्पादन गर्ने, बनाउने, खाने, प्रकृति घाम, पानी, धरती, आकाश, हावा, प्रविधि यन्त्र, उपकरण, लुगा धागो उत्पादनदेखि सिलाउने, डिजाइन गर्ने, स्वास्थ्य, खेलकुद, मनोरन्जनलगायत विषय सिकाइन्छ ।,आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top