कर्मचारी समायोजन पुस मसान्त भित्रः मन्त्री पण्डित

२७ कात्तिक ७५, मंगलबार
Share this
779shares

विराटनगर, कात्तिक २७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताएका छन् ।

Advertisement

मंगलबार अपरान्ह विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दे उनंले आउदो पुस मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताए ।

उनंले अहिले अस्थायी ब्यवस्थापन अन्र्तगत प्रदेश र स्थानिय तहहरुमा कर्मचारीहरु खटाइएको बताउदै अब उपरान्त स्थायीरुपमा कर्मचारीहरुलाई कार्यस्थलमा खटाइने बताए ।

Advertisement

लक्ष्यभित्रै समायोजन सक्ने उद्धेश्यसहित काम गरिरहेको सरकारले ऐन बनेपछि प्रदेश र स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने उनले बताए। ।

मन्त्री पण्डितले प्रदेश र स्थानिय तहलाई आवश्यक थप कर्मचारीकालागि लोकसेवा आयोगले छिट्टै भर्ना प्रकृया शुरु गर्न लागेको समेत बताए ।

Advertisement

उनले प्रदेश लोकसेवा आयोग नबनुञ्जेल केन्द्रमा रहेको लोकसेवा आयोगबाटै आवश्यक कर्मचारी भर्ना गरिने प्रष्ट पारे ।उनले छठ पछि सरकारको काम कारवाहीले गति लिने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top