सुदूरपश्चिम प्रदेश : दीर्घबहादुरलाई बर्खास्त गरेर कृष्णराजलाई सामाजिक विकास मन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेश : दीर्घबहादुरलाई बर्खास्त गरेर कृष्णराजलाई सामाजिक विकास मन्त्रीको सपथ

धनगढी, कात्तिक २७
सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।

मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गरिएको हो । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनी बर्खास्तीमा परेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.