सरकारी कामकाजमा लिम्बु भाषा

२८ कात्तिक ७५, बिहीबार

इलाम : माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement

मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो ।

संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ ।

Advertisement

लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top