एजेन्सी,कात्तिक २९
चर्चित बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको रिसेप्सनको कार्ड सोसल मिडियामा भाइरल भएको छ । ग्रान्ड रिसेप्सनको यो कार्ड एक कारणले चर्चित छ , जसमा रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट लिएर नआउन प्रकाशित तस्बिरमा स्पष्ट लेखिएको छ ।
इन्भिटेसनमा गिफ्टको साटो डोनेट गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिका पादुकोण एक ‘लिभ लभ लाफ ’ नामक फाउन्डेसन चलाउँछिन् । आफ्नो रिसेप्सन रणवीर–दीपिकाले यो फाउन्डेसनका लागि च्यारिटी गर्न अपिल गरेका छन् ।

रणवीर र दीपिका आफ्नो विवाहलाई लिएर निकै पोजेसिभ छन् । १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाहपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईको द ग्रेट हयातमा दुईले विवाहको ग्रान्ड रिसेप्सन दिँदैछन् ।
दीपिका–रणवीरले आफ्नो विवाहमा कम व्यक्तिलाई मात्र बोलाएको जनाईएको छ ।









