एजेन्सी, कात्तिक ३०
जाडो मौसम शुरु भएसँगै मानिसहरु बिहानीपख घामको पर्खाईमा बस्न थालेका छन् । यस्तो मौसममा प्राय सबै मानिसलाई घामको न्यानो सबैलाई प्रिय लाग्छ ।
ब्यस्त समयमा पनि केही समय घाममा बस्न छुट्याउनु उत्तम हुन्छ,घामले स्वास्थ्यको लागि राम्रो हुन्छ । उदाउँदो मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्य समस्याबाट समेत बचाउने गर्छ ।
घामका फाईदाहरु :
१. घाममा बस्दा शरिरले अत्याधिक रुपमा भिटामिन डि ग्रहण गर्छ । अन्य केही फलफुलबाट पनि भिटामिन डि नपाईने होईन । तर, तुलनात्मक रुपमा घाममा भिटामिन डिको मात्रा बढी हुन्छ ।
भिटामिन डि हाडको बृत्तिविकासको लागि अतिआवश्यक हुन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ ।
२. जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा भनेको शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो । र, यसले शरिरलाई चिसोको कारण कक्रने समस्याबाट पनि बचाउँछ । त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।
३. कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ । यस्तो समस्या समाधानको लागि जाडोमा न्यानो घामको साहरा पनि लिन सकिन्छ । त्यसको लागि हरेक दिन केही समय छुट्याएर घाममा बस्नुपर्छ । यसो गर्दा दिमागलाई तनावमुक्त हुन पनि सहयोग पुग्छ । र, रातको समयमा गहिरो निद्रा लिन सकिन्छ ।
४.जाडो मौसममा मनतातो घाममा बस्नुको अर्को महत्वपूर्ण फाइदा भनेको शरिरको रक्तसञ्चारलाई सन्तुलित बनाउने हो । घामको न्यानो प्रकाशले शरिरमा रगत जम्ने प्रक्रियालाई रोक्ने काम गर्छ । र, शरिरको रक्तसञ्चार पनि चुस्त हुन्छ । त्यस्तै, मनतातो घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।
५. बेलाबखत शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ । यसको उपचारमा मानिस निकै भौतारिरहेका हुन्छन् । यस्तो खालको समस्य भने पनि यिमित रुपमा घाममा बस्ने गर्नुस् । जाडो मौसमको घामले त्यस्तो इन्फेक्सनलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । र, यस्तो घामले विभिन्न खालका किटाणुको संक्रमबाट पनि बचाउन सहयोग र्पुयाउँछ ।